विराटनगर । छन्दोबद्ध कविता संग्रह हरि कट्टेलद्वारा लेखिएको ‘दिप्तदृष्टि’को लोकार्पण भएको छ । प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन भएको हो । नेपाल स्रष्टा समाज काठमाडौंबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले सार्वजनिक गरेको हो । कट्टेलको यो नवौं कृति लोकार्पण भएको हो ।
उद्घाटन कार्यक्रममा उक्त कृतिको लोकार्पण समारोहका विशिष्ट अतिथिहरू प्राज्ञ एन पि आचार्य, प्राज्ञ खेम नेपाली, साहित्यकार सरला चापागाईं, बलराम पोखरेल महाकाव्यकार सोमराज अभय, प्राडा. इतिहासविद् गणेश क्षेत्रीलगायतको उपथिति रहेको थियो ।
कृतिमाथि प्राडा.रमेश घिमिरे, प्राडा. हरिहर भण्डारीले समीक्षा गर्नु भएको थियो भने कृतिका बारेमा बोल्दै प्राडा.घिमिरेले दिप्तदृष्टि पढेपछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रूपमा देखेको उहाँले बताउनुभयो । उनले कृतिका बारेमा थप चर्चा गर्दै भने दिप्तदृष्टि शिल्पका दृष्टिले, रसका दृष्टिले, कवित्व, विषयवस्तुका सवाल र दृष्टिकोणले समेत कृति उदाहरणीय रहेको बताउनुभयो । नाम नै दिप्तदृष्टि रहेकाले कविताहरू पनि हरेक दृष्टिले उत्कृष्ट रहेको वर्णन गर्नु भयो ।
प्राडा.घिमिरेल भन्नुभयो कवि कट्टेल निकै ठूलो छन्द साधनाको उपज हुनुपर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताको उचाइको फाँटमा पु¥याएको बताउनुभयो । उहाँका संग्रहका कविताले समय, समाज र मानवीय प्रवृत्तिलाई प्रतिबिम्बित गरको आभाष यस संग्रहमा रहेको बताउनुभयो । अर्का विश्लेषक हरिहर भण्डारीले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उहाँको दिप्तदृष्टि संग्र्रहलाई खोजेर पढ्नुपर्ने दिन आएको बताउनुभयो ।
समारोहमा पोखरा, इलाम, झापा, सुनसरी, थनकुटा र मोरङका विशिष्ट साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो भने पोखराबाट साहित्यकार डा.कालु सुवेदी, इलामबाट देवी गौतम, वरिष्ठ साहित्यकार बलराम पोखरेल वरिष्ठ संगीतकार कुशेस्वर राईलगायतले विमोचित कृतिको सफलताको शुभकामना दिन भएको थियो । कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, बालकवि प्रज्ञा कट्टेललगायतको सांगीतिक कविता गायनले कार्यक्रममा थप उमंग छाएको थियो । समारोह संस्थाका अध्यक्ष कृष्ण भण्डारी मार्सेलीको अध्यक्षता भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता