काठमाडौं । व्यक्तिलाई मानवपुस्तक मानेर आयोजना गर्दै आएको कार्यक्रमको नियमित ३१औं शृंखला सम्पन्न भएको छ । यस शृंखलामा छन्दकवि भुवनहरि सिग्देल र हास्य कवि थरेन्द्र बराललाई मानवपुस्तक मानिएको थियो ।
हरिभक्त सिग्देलको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारामा आयोजना भएको थियो । डा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रममा उद्घोषण सुशीला धमलाले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा रचना वाचन गरियो । रचना वाचन गर्नेहरूमा तेजनाथ दंगाल, मेनुका दंगाल आचार्य, पूर्वसेनानी टंकबहादुर बजगाई खत्री, प्राडा.गोविन्दमानसिंह कार्की, चन्द्रा न्यौपाने, भैरवी भूगोल, सम्पादिका ढुंगाना (बाल कवयित्री), बलराम दाहाल, छत्रपति दाहाल, उषा बस्ताकोटी, सुन्दर खड्का, द्वारिका कुइँकेल, पराशर रिजाल, दाहाल कल्पना, निर्मला भट्टराई, सुशीला शर्मा धमला रहनुभएको थियो । शुभकामना मन्तव्य कलानिधि दाहालले व्यक्त गर्नुभएको थियो ।
नव पुस्तकालय तथा ज्येष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार साथै मानव पुस्तकका परिकल्पनाकार द्वयमध्येका विष्णुप्रसाद पन्तको धन्यवाद मन्तव्यपछि सभानायकको मन्तव्य र कार्यक्रम बिसर्जन भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts