
काठमाडौं । स्थानीयस्तरमा फुटबलको प्रवद्र्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ ।
सम्झौताअनुसार बुढानीलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत् युवा प्रतिभाको पहिचान र विकास गर्ने तथा आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने मुख्य उद्देश्यहरू भएको बताइएको छ ।
हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा प्रशिक्षक निकाल्न मद्दत गर्नेछ भने प्याब्सन बुढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्न समन्वय गर्नेछ । बालबालिकाहरूको खेलको स्तरवृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना संयुक्तरूपमा गरिनेछ ।
प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण हुने बताउनुभयो ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यस साझेदारीमार्फत् नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रतिक्रिया दिनुभयो ।
यस कार्यक्रमले स्थानीयस्तरमा फुटबलको विकासमात्र नभएर समुदायमा खेलकुदको महत्वलाई अझ प्रष्ट बनाउने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच