
काठमाडौं । अष्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा खेलाडीसँगको विवादले विराट कोहलीलाई आइसिसीले कारबाही गरेको छ । अस्ट्रेलियाका डेब्युटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै आइसिसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिइएको छ । एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिंदै जानेछ र सोहीअनुसारको कारबाही हुने गर्छ ।
आइसिसीको कोड अफ कन्डक्टअनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ । लापरबाहीपूर्वक हिँड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ ।
भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरु भएको छ । पाँच खेलको शृंखला एक-एकको बराबरीमा रहेको अवस्थामा यो खेल शृंखलाको महत्वपूर्ण खेलका रूपमा समेत रहेको छ ।
अस्ट्रेलियाले यस खेलका लागि नयाँ युवा ब्याटरलाई मौका दिएको थियो । १९ वर्षीय युवा ब्याटर साम कोन्सटासले डेब्यू गर्दै अर्धशतकसमेत बनाउनुभयो । पहिलो खेलमा ६५ बलमा ६० रन बनाएर आउट हुनुभएका उहाँले भारतीय बलरसामु निडर सटहरू खेल्नुभएको थियो जसले अस्ट्रेलियालाई सानदार सुरूवात दिलाउन मद्दत गर्यो ।
खेलका दौरान १०औँ ओभर सकिएपछि साम कोन्सटास पिचको साइडबाट हिँडिरहँदा विराट कोहली उहाँ हिँडिरहेको बाटोमा आएर उहाँसँग काँध जुधाएको देखिएको थियो ।
त्यसको जवाफमा सामले कोहलीलाई केही भन्नुभएको थियो र कोहलीले पनि जवाफ फर्काउनुभएको थियो । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पारेका थिए ।
अस्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ । स्टिभ स्मिथ ६८ रन बनाएर खेलिरहनुभएको छ भने यसअघि सामसँगै उसमान खवाजा र मार्नस लबुशानले अर्धशतक बनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच