काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा उपाधि जितका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको हो ।
जवाफी ब्याटिङ गरेको जनकपुरले सुरुवाति ६ ओभरमा ७१ रन विना विकेट बनाएको छ । आशिफ ३३ रनमा खेल्दैछन् भने लाहिरु मिलन्था ३४ रनमा खेलिरहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता