नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तीन पदाधिकारी र एक सदस्य मनोनीत गरेको छ । नेपालगञ्जमा बसेको संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सहमहासचिवमा दीर्घराज आचार्य(कौशल) र सरिता थापा (शाह)लाई मनोनीत गरेको छ । यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनीत गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
संघको विधानमा रहेको व्यवस्थाअनुसार मनोनीत गरिएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघको कार्यसमितिलाई चलायमान गराउन मनोनीत गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनुभएका व्यक्तिलाई समेट्दै कार्यसमितिमा मनोनीत गरिएको हो । मनोनीत भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशील भएर काम गर्नुहुने छ भन्ने विश्वास छ ।’
कोषाध्यक्षमा मनोनीत तामाङ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पूर्वप्रशिक्षक हुनुहुन्छ । मिलन युवा क्लबका अध्यक्ष तामाङले चार दशकदेखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहनुभएको छ ।
सहमहासचिवमा मनोनीत आचार्य रोयल नेपालगञ्ज फुटबल क्लबका महासचिव तथा थापा कारकाँदो युवा स्पोर्ट्स क्लबका महासचिव हुनुहुन्छ । यसैगरी सदस्यमा मनोनीत बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुनुहुन्छ ।







Breaking news with related posts