
काठमाडौं । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् ।
सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताउनु भएकाे हाे । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ । उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताउनु भयाे ।
१४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उहाँको भनाइ छ । तर विकेट सहज नभएकाले सफल नभएको उहाँले बताउनु भयाे । देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउनुहुन्छ । बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गर्नुभएकाे छ ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताउनुभयाे । आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई ध्यानमा राखेर खेलेको उहाँको भनाइ छ । उहाँले टोली बलियो रहेकाले शुरुदेखि राम्रो खेलेर उपाधि जित्छौं भन्ने विश्वास रहेको पनि बताउनुभयाे ।
आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उहाँले बताउनुभयाे । उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताउनुहुन्छ । अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उहाँले समर्थकलाई आह्वान गर्नुभएकाे छ ।
—न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच