काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।
टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले पाँचौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको छ। कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल ५।२ बलमा रनआउट भएका हुन्।
यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता