काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न वेष्ट इण्डिजका दिग्गज क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा पुग्नुभएको छ । शुक्रबार बिहान काठमाडौं ओर्लिनुभएका उहाँ शनिबार काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सको खेल भइरहेको समयमा त्रिवि क्रिकेट मैदानमा पुग्नुभएको हो । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्कालगायत पदाधिकारीले स्वागत गरेका थिए ।
लारा क्यानको निमन्त्रणमा एनपिएलको पहिलो संस्करण हेर्न नेपाल आउनुभएको हो । वेष्ट इण्डिजका पूर्वकप्तानसमेत रहनुभएका उहाँले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरूसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ । उहाँले मैदानमै उत्रेर नेपाली समर्थकलाई अभिनन्दनसमेत गर्नुभएको थियो ।
क्रिकेटर लाराले वेष्ट इण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो । उहाँले वेष्ट इण्डिजका लागि १३१ टेष्ट खेल खेल्नुभएको छ । १३१ खेलबाट लाराले ११ हजार ९५३ रन बनाउनुभएको थियो । उहाँले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गर्नुभएको छ भने ४८ अर्धशतक प्रहार गर्नुभएको छ ।
उहाँले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाउनुभएको छ । लाराले सन् २००४ अप्रिल १२ मा इंग्ल्याण्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाउनुभएको थियो । त्यसैगरी लाराले वेष्ट इण्डिजका लागि २९९ एक दिवसीय खेल खेल्नुभएको थियो । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उहाँले १० हजार ४०५ रन जोड्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा