काठमाडौं । एक दर्जन सेलिब्रेटी र्याम्पमा प्रस्तुत हुने भएका छन् । आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत एक दर्जन सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुन लागेका हुन् । आज (शनिबार) होटल याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ फेसन सो यी सेलिब्रेटी सो टपरको रूपमा र्याम्पमा देखिने भएका हुन् ।
हेल्दी च्वाइसद्वारा प्रस्तुत ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ फेसन सोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ रहेको छ । फेसन सोमा पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प प्रस्तुत गर्नेछन् । शोका लागि सबै मोडल अडिसनमार्फत छानिएका हुन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन सोमा विभिन्न नौ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नस् कलेक्सन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नवीनतम् पहिरन ¥याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिनुभयो ।
फेसन सो ‘ग्ल्याम नेपाल इन्टरनेसनल’को यो चौथो संस्करण हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनको जनाएको छ । शोमा कलाकार, व्यवसायी लगायत बिभिन्न ब्यक्तिहरूको सहभागिता रहने आयोजकको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता