काठमाडौं । दोस्रो संस्करणको उपमा राष्ट्रिय अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । उपमा सञ्चार प्रालिद्वारा आयोजित दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ मा गीत, म्युजिक भिडियो, सिरियल, डकुमेन्ट्रीलगायत विभिन्न ६७ बिधाका ३३५ जना कलाकारहरू उत्कृष्ट पाँचमा परेका छन् ।
आगामी २०८१ पौष २७ गते एक कार्यक्रमबीच काठमाडौंमा अवार्डको ग्राण्ड फिनाले हुने संयोजक रामकृष्ण पाण्डेले जानकारी गराउनुभयो ।
फाइनल कार्यक्रममा गीत, संगीत र संस्कृतिसँग सम्बन्धित कलाकारहरूलाई राष्ट्रिय उपमा दशक सम्मान २०८१ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष आशा गौतम तथा संयोजक सुमनकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts