काठमाडौं । महिला फुटबलरद्वय अमिशा कार्की र गीता राना नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ । दुवै खेलाडीलाई सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले जनही ७५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्नुभएको हो । महिला खेलाडीद्वयलाई नेपाल फुटबल खेलाडी संघको संयोजकत्वमा सम्मान गरिएको हो ।
अमिशा र गीतालाई गत साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले सम्मान गरिएको हो । साफको फाइनलमा अमिशाले बंगलादेशविरुद्ध गोल गर्नुभएको थियो । फाइनलमा नेपाल बंगलादेशसँग दुई-एक गोलले पराजित भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा