काठमाडौं । क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लाग्नुभएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइ पुग्नुहुनेछ । उहाँलाई स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुग्नेछन ।
त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेबाट सुरू हुने पहिलो खेल हेर्नका लागि किर्तिपुरस्थित मैदानमा पुग्नुहुने छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता