लण्डन । च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता रियल मड्रिडले घरेलु टोली एटलान्टाविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । जितसँगै ६ खेलमा नौ अंक जोडेको रियल १८औँ स्थानमा छ । पहिलो पराजय बेहोरेको एटलान्टा समान खेलबाट ११ अंकका साथ नवौँ स्थानमा छ ।
जिविस रंगशालामा रियललाई जित दिलाउन किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङघमले गोल गर्नुभयो । एटलान्टाका लागि चाल्र्स डी क्याटेलेर र एड्मोला लुकम्यानले गोल गर्नुभयो । खेलको १०औँ मिनेटमा एमबाप्पेको गोलमार्फत् रियलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा क्याटेलेरले पेनाल्टीमार्फत् गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याउनुभयो । जुनियरले ५६औँ मिनेटमा गोल गर्दा रियल २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै बेलिङघमले रियलका लागि तेस्रो गोल गर्नुभयो । लाकम्यानले ६५औँ मिनेटमा गोल गर्दै एटलान्टालाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन ।
यस्तै, पेरिस सेन्ट जर्मन (पिएसजी)ले आरबी साल्जबर्गविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । जितसँगै ६ खेलमा सात अंक जोडेको पिएसजी २४औँ स्थानमा छ । पराजित साल्जबर्ग समान खेलबाट तीन अंकका साथ ३२औँ स्थानमा छ । साल्जबर्गको घरेलु मैदान रेडबुल एरिनामा पिएसजीलाई जित दिलाउन गोन्कालो रामोस, नुनो मेन्डिस र डिजायर डुउले गोल गर्नुभयो ।
यसैगरी लिभरपुलले आफ्नो विजयी यात्रालाई छैटौँ खेलसम्म पनि कायम राखेको छ । लिभरपुलले मंगलबार घरेलु टोली जिरोनाविरुद्ध १-० को कठिन जित दर्ता गरेको हो । जितसँगै ६ खेलमा १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । पराजित जिरोना समान खेलबाट तीन अंकका साथ ३०औँ स्थानमा छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा