काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल)को अठारौं र उन्नाइसौं खेल हुँदैछ । आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज भर्सेस लुम्बिनी लायन्सका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा काठमाडौंवाट करण केसी ले नेतृत्व गर्नेछन भने लुम्बिनीवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन ।
एनपीएल अघिल्लो शुक्रवारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts