काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान एक-एक स्वर्ण र रजत गरी दुई पदक जित्नुभएको छ । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जित्नुभएको थियो ।
उहाँको व्यवस्थापकमा मनित गुरुङ रहनुभएको छ । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आटर््स क्लबका ३४७ खेलाडी सहभागी थिए । भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा एक महिनाअघि (नोभेम्बर ९) भएको १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको दुई स्पर्धामा दुई रजत जित्नुभएको थियो ।
त्यसअघि उहाँले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जित्नुभएको छ । उहाँले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्याण्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts