भक्तपुर । काभ्रेका शैलेन्द्र न्यौपानेले तेस्रो राष्ट्रव्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि चुम्नुभएको छ । भक्तपुर जिल्लाका पूर्वसिनियर राष्ट्रिय खेलाडी स्वर्गीय केशवनाराण ताम्राकारको स्मृतिमा आयोजित प्रतियोगिाताको अन्तिम चरणमा शैलेन्द्रले उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । नवौँ चरणको खेलमा उहाँले आठ अंक बनाउनुभयो । उपाधिसँगै न्यौपानेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा काठमाडौंका धिरेन राई दोस्रो हुनुभयो । उहाँले ७.५ अंक बनाउँदै १० हजार रुपैयाँ र दुई तोला चाँदीको सिक्का पुरस्कार पाउनुभयो । दुईदिने प्रतियोगितामा सात अंक बटुल्नुभएका निकेन कुसाथा तेस्रो हुनुभयो । उहाँले सात हजार रुपैयाँ पाउनुभयो ।
धरानका नरसिंह श्रेष्ठ चौथो र भक्तपुरका गणेशमान दुवाल पाँचौँ हुनुभयो । शीर्ष १०औँसम्म रहनेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ९३ जना खेलाडीको सहभागिता थियो । विजेतालाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता