काठमाडौं । सेक्रेड हार्टले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत फुटबलमा सोमबार दोहोरो उपाधि जितेको छ । सेक्रेड हार्ट छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । तार्केश्वर नगरपालिका, काठमाडौंको आयोजनामा तुसाल खेल मैदानमा भएको छात्र फाइनलमा सेक्रेड हार्टले हिमरश्मिलाई १-० गोलअन्तरले पराजित गर्यो । सुदिसन तामाङले निर्णायक गोल गर्नुभयो । छात्राको उपाधि भिडन्तमा सेक्रेड हार्टले कौशललाई २-० गोलले हरायो । दुवै गोल सुविना तामाङले गनुृभयो । छात्र÷छात्रा दुवैमा नेपाल राष्ट्रिय माविले तेस्रो स्थानमा चित्त बुझायो ।
भलिबल : एन्जल्स हार्ट र मानसिंह च्याम्पियन
भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते । छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५-१६, १३-२५, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । कालीदेवी तेस्रो भयो । छात्राको फाइनलमा भने एन्जल्स हार्ट चुक्यो । मानसिंहले एन्जल्स हार्टलाई २५-१३, १३-२५, २५-१७ र २५-२२ ले हरायो । मनमैजुले तेस्रो स्थानमा चित्त बुझायो ।
कबड्डी : सेक्रेड हार्ट र हिमरश्मि पहिलो
कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए । छात्रको फाइनलमा सेक्रेड हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ५९-२६ ले पराजित गर्यो । पुरानो गुहेश्वरी र नेपाल राष्ट्रिय संयुक्त रुपमा तेस्रो स्थानमा रहे । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्राको फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२-५२ ले हरायो । मनमैजु र मानसिंह तेस्रो बने ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता