
काठमाडौं । नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङ/मास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘समाज एवं घर-परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ ।
‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएका गायक थापाको अजम्बरी-२०७२, परिवेश-२०७७, आकर्षण-२०७९ जस्ता तीन एल्बम बजारमा आइसकेका छन् । चौथो एल्बम ‘आभूषण’को तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच