काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमाडाैं गुर्खाजले पहिलाे जीत हासिल गरेकाे छ ।
कर्णाली याक्सले दिएकाे १५० रनको लक्ष्यलाई काठमाडाैं गुर्खाजले १९.३ ओभरमा ७ विकेट गुमाउदै जीत सुनिश्चित गरेकाे हाे ।
काठमाडाैंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाउदै १४९ रन बनाएकाे थियाे ।
कर्णाली याक्सका ओपनिङ ब्याटर शिखर धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्काकाे मदतमा अविजित ७२ रन जोडेका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts