
काठमाडौं । सिडी विजय अधिकारी र पल्मु शेर्पाको स्वरमा रहेको गीत ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ । नवराज भूमरी आचार्यको शब्द, सिडीकै संगीत र पुष्कर खत्रीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रोमान्टिक शैलीको गीतमा अन्य गायक, गायिकामा मनिषा राई, दीपा तामाङ, कृष्ण जोशी, पुष्कर खत्री रहनुभएको छ ।
बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशन रहेको गीतको भिडियोमा विमल अधिकारी, शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ । उत्तम हुमगाईंको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गायिका पल्मु शेर्पाको अफिसिय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच