
काठमाडौं । मलेसियामा यही २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको बिदाइ गरेको हो । राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो । यू-१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ,’ बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भन्नुभयो । पारसले दबाब नलिइकन क्षमताअनुसारको प्रदर्शन गर्न शुभकामना दिनुभयो । यू-१९ का खेलाडीहरू राष्ट्रिय टिमसम्मै खेल्न सफल भएका छन् ।
त्यसैगरी यू-१९ का नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार भएको बताउनुभयो । ‘कर्नाटकसँगको खेलले पनि फाइदा पुगेको छ, त्यसका लागि क्यानलाई धन्यवाद पनि दिन्छौँ । छोटो समयमा राम्रो तयारी गरेका छौँ, कर्नाटकसँगको सिरिजले टिम छनोट गर्न पनि सजिलो बनायो, हामी हाम्रो बेस्ट खेल खेल्ने छौँ । हेमन्त धामीले पनि १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले फाइदा पुगेको बताउँदै राम्रो तयारी भएको बताउनुभयो ।
त्यसैगरी राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जुनियर खेल राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै क्यानले गर्दै आएको कामको प्रशंसा गर्नुभयो । एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ । हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्वखेलाडी शक्ति गौचन हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच