
नयाँदिल्ली । साउदी अरेबियाको जेद्दाहमा दुई दिन चलेको इण्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी किन्न १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् । ऋषभ पन्त इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्नुभएको छ, उहाँलाई लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किनेको हो । अष्ट्रेलियाविरुद्ध १३ वर्षको उमेरमा यू–१९ मा शतक प्रहार गर्नुभएका बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशी आइपिएलको सबैभन्दा कान्छो खेलाडी बन्नुभएको छ । वैभवलाई राजस्थान रोयल्स (आरआर)ले एक करोड १० लाखमा किनेको हो । १३ वर्षका अनक्याप्ड ब्याट्सम्यान सूर्यवंशी आइपिएलमा करोडपति बन्ने सबैभन्दा कान्छो खेलाडी बन्नुभएको छ ।
शीर्ष पाँच सबैभन्दा महँगो खेलाडीहरू भारतका छन् । पहिलोपटक दुई खेलाडीको बोली २५ करोड नाघेको छ । आइपिएल च्याम्पियन कप्तान डेभिड वार्नर र भारतीय अलराउन्डर शार्दुल ठाकुरले खरिदकर्ता पाउन सक्नुभएन । इंग्ल्याण्डका अलराउन्डर साम करनको मूल्य १६.१० करोडले घटेको छ । भारतका वेंकटेश अøयर र अफगानिस्तानका नुर अहमदको मूल्य बढेको छ । कोलकाताले वेंकटेशलाई २३.७५ करोडमा किनेको छ । उहाँले गत सिजन केकेआरबाट खेल्नुभएको थियो । तर, त्यतिबेला उहाँको पारिश्रमिक आठ करोडमात्र थियो, यसपटक भने उहाँले तीन गुणा बढी रकम पाउनुभएको छ ।
इंग्ल्याण्डका विल ज्याकलाई मुम्बईले ५.२५ करोडमा र अफगानिस्तानका नुर अहमदलाई चेन्नईले १० करोडमा किनेको छ ।अफगानिस्तानका नुरलाई चेन्नईले सिधै १० करोड भारु बोली लगायो । नुर गत सिजन ३० लाखमा बिक्री हुनुभएको थियो । यसपटक उहाँको तलब झण्डै ३३ गुणाले बढेको छ । साम करनको मूल्य ७.७ गुणाले घटेको छ । स्टार्क पनि आधा मूल्यमा आउनुभयो, जसले २०२३ को मिनी लिलामीमा सबैभन्दा बढी मूल्य पाउनुभएको थियो । १८.५० करोड भारुमा बिक्री हुनुभएका सामको मूल्य यसपटक ७.७ गुणाले घटेको छ । करणलाई सिएसकेले मात्र २.४० करोडमा किनेको छ ।
स्टार्कलाई केकेआरले गत सिजन २४.७५ करोडमा किनेको थियो । यसपटक उहाँलाई दिल्लीले ११.७५ करोडमा किनेको छ । उहाँको मूल्य ४७.६९ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच