
रोम । विश्व नम्बर एक यानिक सिनर नेतृत्वको इटालीले डेभिस कपको उपाधि जितेको छ । मालागामा भएको फाइनलमा नेदरल्याण्ड्सलाई दुई-शून्य सेटमा पराजित गर्दै इटालीले उपाधि जितेको हो । इटालीको यो तेस्रो डेभिस कप उपाधि हो । उसले गत संस्करण र १९७६ मा उपाधि जितेको थियो ।
सन् २०२४ मा उच्च प्रदर्शन गर्नुभएका सिनरले वर्षको सुखद् अन्त्य गर्नुभयो । माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । उहाँले नेदरल्याण्ड्सका बोटिक भान ड सन्ड्सस्लपलाई सोझो सेटमा हराउँदै एक-शून्यको अग्रता दिलाउनुभयो । बेरेटेनीले पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पार्नुभएको थियो ।
दोस्रो सेट बेरेटेनीले ६-४ ले जितेपछि नेदरल्याण्ड्स दबाबमा आएको थियो । त्यसपछि आएका सिनरले ट्यालोन ख्रिस्परलाई हराएपछि इटाली च्याम्पियन बनेको हो ।
पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो । तर, उच्च फर्ममा रहनुभएका सिनरले ७-६ ले जित्नुभयो । दोस्रो सेटमा नियन्त्रण जमाउनुभएका सिनर सहजै ६-२ ले विजयी हुनुभयो । प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलो फाइनलमै उपाधि जित्ने लक्ष्यमा रहेको नेदरल्याण्ड इटालीसामु कमजोर बन्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच