काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टिकटदर तोकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर १५ देखि पौष ६ सम्म हुँदैछ।
सार्वजनिक भएको तालिकाअनुसार उद्घाटन खेल हेर्न सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ ।
लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ ।
प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइलनका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।
फाइनल खेलमा भने सामान्यतर्फ ५०० र भिआइपीतर्फ १००० रुपैयाँ टिकरदर हुनेछ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts