रोम । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले फराकिलो जित दर्ता गरेको छ । इन्टर मिलानले शनिबार राती घरेलु टोली भिरोनाविरुद्ध ५-० को फराकिलो जित निकालेको हो । मार्केन्टोनियो बेन्टेगोडी रंगशालामा इन्टरलाई जित दिलाउन मार्कस थुर्रमले दुई तथा जावोक्विन कोरिया, स्टेफन डी भ्रिज र यान औरेल बिशेकले समान एक गोल गर्नुभयो ।
खेलको १७औँ मिनेटमा कोरियाको गोलमार्फत् इन्टरले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै थुर्रमले टोलीको अग्रता दोब्बर बनाउनुभयो । थुर्रमले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० ले अगाडि बढाउनुभयो ।
भ्रिजले पाँच मिनेटपछि टोलीका लागि चौथो गोल गर्नुभयो । बिशेकले ४१औँ मिनेटमा गोल गरेपछि इन्टरले पहिलो हाफमै ५-० को फराकिलो अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । जितसँगै १३ खेलमा २८ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित भिरोना समान खेलबाट १२ अंकका साथ १४औँ स्थानमा छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता