लण्डन । पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार घरेलु मैदानमा टुलुजलाई ३-० ले पराजित गर्दै पिएसजी शीर्ष स्थानमा उक्लिएको हो । पिएसजीले ६ अंकको अग्रता कायम राखेको छ ।
डिफेन्डिङ च्याम्पियनले पहिलो हाफमा दबदबा बनाए पनि ३५औँ मिनेटमा गोल गर्न सफल भयो । अचराफ हाकिमीको क्रसमा पोर्चुगलका युवा मिडफिल्डर जोआओ नेभेसले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट हाफ भलीमा गोल गर्नुभएको थियो ।
खेल सकिन ६ मिनेट बाँकी छँदा लुकास बेराल्डोले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता २-० मा पुर्याउनुभयो । खेलको इन्जुरी समयमा भिटिन्हाले बक्सभित्र उत्कृष्ट फुटवर्क देखाउँदै पिएसजीलाई ३-० को जित दिलाउनुभयो । जितसँगै पिएसजीले १२ खेलबाट ३२ अंक पुर्याएको छ । पिएसजी दोस्रो स्थानको मोनाकोभन्दा ६ अंकले पछाडि छ । टुलुज १५ अंकसहित १०औँ स्थानमा छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts