लण्डन । बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तनसम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गर्नुभएको थियो ।
अमेरिकाका पूर्वउपराष्ट्रपतिलगायतले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु संकट समाधान गर्ने उहाँको प्रतिबद्धताप्रति सदाका लागि आभारी हुने बताउनुभएको छ ।
बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बन्नुभएका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रूपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताउनुभएको छ । प्रेस्कटलाई सन्–२०१९ मा प्यारालाइस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोड्नु भएको थियो । रासस/एएफपी ।






