एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि पक्राउ पुर्जी गरेको हो।
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यसैगरी हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ। देइफको इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भइसकेको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts