काठमाडौं । नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यू-१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो हुनुभएको छ । उक्त जोडीले फाइनलमा बंगलादेशका हुमीराह हैदर र बंगलादेशकी नयिम हुसेनको जोडीबाट वाकओभर पाउनुभयो । हुमीराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्याग्नुभएको थियो ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६-१ र ६-० तथा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविशेष डल्लाकोटीको जोडीलाई ६-४ र ६-४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
गल्र्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी सइजनलाई ६-१ र ६-२ तथा बंगलादेशकी हुमराहले नेपालकी स्वराह थापालाई ६-० र ६-० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाउनुभयो ।
ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६-० र ६-१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६-१ र ६-०, भारतका अभी अग्रवालले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६-० र ६-१ तथा न्युजिल्याण्डका ज्याक्स रूपले भारतका हर्ष मर्वाहालाई ६-४, ४-६ र ७-५ ले पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता