
मलागा । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नाडालले सन्न्यास लिनुभएको छ । २२ ग्रान्डस्लाम विजेता नाडालले मंगलबार डेभिस कपमा आफ्नो अन्तिम खेल खेल्नुभएको थियो । उक्त खेलमा ३८ वर्षीय नाडालले नेदरल्याण्ड्सका बोटिक भानसँग लगातार दुई सेटमा ६-४, ६-४ ले पराजित हुनुभयो ।
टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नाडालले आफ्ना समर्थकहरूलाई भन्नुभएको छ, ‘मेरो २० वर्षको व्यावसायिक करियरमा तपार्इंले राम्रो समयमा साथ दिनुभयो र खराब समयमा खेलिरहन प्रोत्साहन दिनुभयो ।’ बिदाइका क्रममा उहाँ भावुक बन्नुभएको थियो । उहाँलाई क्ले कोर्टको राजा मानिन्थ्यो ।
उहाँले १४ पटक फ्रेन्च ओपन सिंगल्सको उपाधि जित्नुभएको छ । उहाँले रोल्याण्ड ग्यारोसमा खेलेका ११६ महत्वपूर्ण खेलमध्ये ११२ जित्नुभएको छ । टेनिस लिजेण्डले गत महिना अर्थात् अक्टोबरमा मात्रै सन्न्यासको घोषणा गर्नुभएको थियो ।
अहिलेसम्म सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने कीर्तिमान सर्बियाका खेलाडी नोभाक जोकोभिचको नाममा छ । जोकोभिचले कुल २४ ग्रान्डस्लाम उपाधि जित्नुभएको छ । त्यसपछि सूचीमा दोस्रो नाम २२ ग्रान्डस्लाम जित्ने राफेल नाडालको आउँछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच