काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडसँग मनाङ गोलरहित बराबरीमा रोकिएको हो ।
यो नतिजासँगै मनाङले १० खेलबाट १९ अंक जोडेको छ । छैटौँ स्थानमा उक्लिएको चर्च ब्वाइजको समान खेलबाट १४ अंक छ । शीर्ष स्थानको पुलिसभन्दा मनाङ चार अंकले पछाडि छ । आइतबार पुलिसले एनआरटीविरुद्ध चार-दुईको हार बेहोरेको थियो ।






