हेटौंडा । नागस्वती भेट्रान्स क्लबले आयोजना गरेको तेस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आज(मंगलबार) देखि सुरु हुँदैछ । मंसिर ८ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।
प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीहरूको सहभागिता रहनेछ भने प्रतियोगितामा विजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगदसहित शिल्ड पुरस्कार दिइनेछ । १५ वटा क्लबहरूको सहभागिता रहेको छ भने प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष सोमबहादुर तितुङले बताउनुभयो ।
मंगलबारको उद्घाटन खेल मध्याहृन १२ बजे आयोजक नागस्वती भेट्रान्स र एनजेजे भिसी भेट्रान्स सिमराबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेट्रान्स र पश्चिम चित्रवन भेट्रान्सबीच हुने तालिका सार्वजनिक गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता