एजेन्सी । विश्व नम्बर एक इटालियन स्टार यानिस सिनर एटिपी फाइनल्सको पुरुष एकलतर्फ च्याम्पियन बन्नुभएको छ । टुरिनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न फाइनलमा सिनरले चौथो वरीयताका अमेरिकी खेलाडी टाइलर फ्रिट्जरमाथि ६-४, ६-४ को जित निकाल्नुभएको हो ।
सिनरको यो पहिलो एटिपी फाइनल्स उपाधि हो । यससँगै सिनर यो प्रतियोगिताको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बन्नुभएको छ । ‘इटालीमा मेरो यो पहिलो उपाधि हो र यसले धेरै अर्थ राख्छ,’ सिनरले भन्नुभयो, ‘मेरा लागि यो उच्चस्तरको प्रतियोगिता थियो । त्यसैले च्याम्पियन बन्दा निकै खुसी छु ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता