
काठमाडौं । साहित्यकार ध्रुव नेपालको निबन्धसंग्रह ‘सिके पो ’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शुक्रबार समालोचक साहित्यकार प्राडा.माधवप्रसाद पोखरेलको प्रमुख अतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्राडा.पोखरेलले निबन्धकार नेपालले साना-साना कुराबाट निबन्ध सुरु गरेर गम्भीर र गहिरा निष्कर्ष प्रस्तुत गरेको बताउनुभयो । उहाँले कृतिमा समाजका पात्र र तिनका चरित्र उजागर भएको पनि जनाउनुभयो ।
सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रमोद प्रधानले निबन्धमा समसामयिक भोगाइ प्रतिबिम्बित भएको सुनाउनुभयो । अर्का समीक्षक डा. नवराज खतिवडाले नेपालका निबन्धमा दार्शनिक र मनोवैज्ञानिक विचारहरू सम्प्रेषित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कमला लम्साल, कृतिका् ध्रुव नेपाल, रामबाबु नेपाल लगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच