
नयाँदिल्ली । सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा ऐतिहासिक जित हात पारेको छ । शुक्रबार राती सम्पन्न अन्तिम खेल १३५ रनले जित्दै चार खेलमा भारतले सिरिज ३-१ ले जितेको हो ।
जोहानेसबर्गको वान्डरर्स स्टेडियममा खेलिएको अन्तिम खेलमा भारतका टिम कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको थियो । सञ्जु सामसन र तिलक बर्माको उत्कृष्ट शतकीय इनिङको मद्दतमा भारतले २० ओभरमा एक विकेट गुमाएर २८३ रन बनाउन सफल भयो । बर्माले १२० र सामसनले १०९ रनको सानदार इनिङ खेल्नुभयो । अभिषेक शर्मा ३६ रन बनाएर आउट हुनुभयो । तिलकले प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिजको अवार्ड प्राप्त गर्नुभयो ।
लक्ष्य पछ्याउने क्रममा अफ्रिकी टोली १८.२ ओभरमा १४८ रनमै सीमित भयो । बलिङमा भारतीय टोलीका अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिनुभयो । एडेन मार्करामको कप्तानीमा रहेको टी-२० सिरिजमा दक्षिण अफ्रिकी टोलीले ब्याटिङ र बलिङ दुवैमा निकै खराब प्रदर्शन गरेको थियो, जसमा सिरिजको अन्तिम खेलमा अफ्रिकी टोलीका बलरहरूले नराम्ररी हार बेहोरेका थिए ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दक्षिण अफ्रिकाको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि गत वर्ष अस्ट्रेलियासँग १११ रनको हार बेहोरेको थियो । योसँगै टी-२० अन्तर्राष्ट्रियमा रनको अन्तरमा भारतको यो तेस्रो ठूलो जित हो । भारतले दोस्रो इनिङ्सको पावरप्लेमा नै जितको आधार तयार गरेको थियो । पावरप्लेको ६ ओभरमा अर्सदीप सिंह र हार्दिक पाण्ड्याले ४ विकेट लिएर टोलीलाई ३० रनमात्रै बनाउन दिनुभयो ।
शृंखलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्यो । त्यसपछि तेस्रो र चौथो खेलमा लगातार भारत विजयी भएको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच