अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले प्रथम जिल्ला भेला यही मङ्सिर १५ गते (भोली) शनिबारका दिन जिल्ला सदरमुकाम सन्धिखर्कमा गर्ने भएको छ ।
रास्वपा अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको इतिहासमै पहिलोपटक हुन लागेको ऐतिहासिक जिल्ला भेलामा प्रतिनिधि सभा सदस्य माननीय साेविता गौतम, केन्द्रीय सदस्य विजय जैरुसहित प्रदेश समितिबाट समेत विशेष सहभागिता रहने जनाएको छ ।
यो भेलाले पार्टीको नयाँ नेतृत्व चयन समेत गर्ने छ । उक्त जिल्ला भेलाको उद्घाटन सत्रमा पार्टी सदस्य, शुभचिन्तक समस्त जिल्लावासी, आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुसहित पत्रकार मित्रहरुको उपस्थितको लागि राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले निमन्त्रणा समेत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लाको तेस्रो प्रमुख शक्तिको रुपमा रहेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मत ल्याएको थियो ।






