
लण्डन । युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई हराएको छ । शुक्रबार राती भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्नुभयो । उहाँले अहिलेसम्म १३५ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल संख्या हो ।
यसैगरी पोर्चुगलका रफाएल लिआओ, बु्रनो फर्नान्डेज र पेड्रो नेटोले एक/एक गोल गर्नुभयो । पोल्याण्डका लागि डोमिनिक मार्कजुकले एकमात्रै सान्त्वना गोल गर्नुभयो । जितसँगै पोर्चुगलले समूह एकका पाँच खेलमा १३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । पोल्याण्डको भने पाँच खेलमा चार अंक छ र समूहमा तेस्रो स्थानमा छ । अब पोर्चुगलले नेसन्स लिगको समूह चरणको अन्तिम खेल नोभेम्बर १९ मा क्रोसियासँग खेल्नेछ । सोही दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्नेछ ।
लिगकै अर्को खेलमा स्कटल्याण्डले १० खेलाडीमा सीमित क्रोएसियामाथि जित हात पारेको छ । स्कटल्याण्डको यो नौ खेलमा पहिलो जित हो । स्कटल्याण्डको हृयाम्पडेन पार्कमा भएको खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पेटर सुकिच दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । तर, स्कटल्याण्डले त्यसलाई सदुपयोग गर्न सकेन ।
१९ वर्षीय बेन डोकले दोस्रो हाफमा घरेलु टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे पनि खेल सकिन चार मिनेट बाँकी छँदा सब्स्टिच्युट जोन म्याकगिनले गोल गर्दै दर्शकलाई खुसी तुल्याउनुभयो । जितसँगै समूह ‘ए’मा स्कटल्याण्डको दुई तथा पोल्याण्डको चार अंक छ । सोमबार बार्सामा हुने खेलमा स्कटल्याण्डलाई रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ ।
यसैगरी मिकेल ओयार्जाबल र अयोज पेरेजको गोलसँगै डेनमार्कलाई २-१ ले पराजित गर्दै स्पेन नेसन्स लिगको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लेको छ । युरो २०२४ को फाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएको स्पेनले १५औँ मिनेटमा ओयार्जाबलले डि बक्सभित्रबाट गरेको गोलमार्फत् स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
स्पेनका ‘सब्स्टिच्युट’ फाबियन रुइजको गल्तीले डेनमार्कका गुस्ताभ इसाक्सेनले सान्त्वना गोल फर्काउनुभयो । तर, सन् १९९३ यता स्पेनलाई हराउन नसकेको डेनमार्कलाई उक्त गोल पर्याप्त रहेन । एक राउन्ड बाँकी रहँदा स्पेनको १३ अंक छ । डेनमार्क भने ६ अंकले पछि परेको छ । सर्बियासँग १-१ को बराबरी खेलेपछि स्विट्जरल्याण्ड रेलिगेसनमा परेको छ । सर्बियाको पाँच अंक छ । दोस्रो स्थान र क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न डेनमार्कले सोमबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । गत महिना सर्बियाविरुद्ध घरेलु मैदानमा ३-० को जित हात पारेपछि नक आउटमा स्थान पक्का गरिसकेको स्पेनले घुँडाको गम्भीर चोटका कारण डानी कार्भाजल र रोड्रीलाई गुमाएको थियो । लामिन यमल र रोबिनले नोर्मान्डजस्ता प्रमुख खेलाडी अनुपस्थित रहे पनि आफ्नो उत्कृष्ट लय कायमै राखेको छ । यस्तै, बुल्गेरियाले लक्जेमबर्गलाई तथा नर्दन आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच