काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल गर्ने भएका छन् ।
शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमति अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने भएको छ।
यस्तै, काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता