
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टिम सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पहेंलो रङको जर्सी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्राण्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट, टिमका सञ्चालकले संयुक्तरूपमा जर्सी सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिगका लागि टिमहरूले गरेको तयारी उत्साहपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाई धेरै माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, युएईका रोहन मुस्ताफा, स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ भने अष्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत् टमाटा अनुबन्धित हुनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्न लागेको एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच