
काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जित्नुभएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाईस्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा दुई रजत जित्नुभएको हो ।
ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ ।
भूपेन्द्रको यो पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उहाँले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जित्नुभएको छ । उहाँले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्याण्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । उहाँले सन् २०२२ मा भारतको लखनउमा भएको १४औँ राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच