काठमाडौं । कायन चालिसे र अमिरा गुप्ता होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु-८ सिंगल्समा आइतबार पहिलो हुनुभएको छ । कायन ब्वाइज तथा अमिरा गल्र्समा पहिलो हुनुभयो । होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा कायनले शुभम् श्रेष्ठलाई १०-६ र १०-५ को सोझो सेटमा पराजित गनुभयो । गल्र्सको उपाधि भिडन्तमा अमिराले निम्ति कुँवरलाई १०-१२, १०-४ र १०-५ को सेटमा हराउनुभयो ।
बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अमिरा र निम्ति यु-९ गल्र्स सिंगल्सको फाइनलमा पनि भिड्ने हुनुभएको छ । सेमिफाइनलमा अमिराले समृद्धि खत्रीलाई ४-०, ०-४ र ७-२ तथा निम्तिले रजिशा जोशीलाई ४-१ र ४-२ ले पाखा लगाउनुभएको थियो ।
यु-१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, साहन्स बस्न्यात, अविर केडिया र भिरल अग्रवालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । सोही स्पर्धाको गल्र्समा सरा पन्त, तभिसी राणा, सुहानी जजोडिया र नाइरा घलेले सेमिफाइनलमा स्थान बनाउनुभयो ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल, विश्व डल्लाकोटी, असभसम्राट हाडा र साङगे रोकायाले सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । उक्त स्पर्धाको गल्र्समा स्वस्तिका विष्ट, आयुशा जोशी, कर्मिस्था श्रेष्ठ र शिभाली गुरुङ सेमिफाइनलमा प्रवेश गर्नुभयो ।
यु-१२ ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी, आरित मल्ल, सुजन कुइकेल र भेदान्त चालिसे सेमिफाइनलमा पुग्नुभयो । उक्त स्पर्धाको गल्र्समा आयुशा जिसी, स्वरा थापा, सरा पन्त र अनुश्री ध्वजुले सेमिफाइनल यात्रा तय गर्नुभयो । यु-९ ब्वाइज सिंगल्समा अहान केडिया, भिरल अग्रवाल, कायन चालिसे र सहान्श बस्न्यात सेमिफाइनलमा प्रवेश गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता