
रोम । इटालियन सिरी ‘ए’ मा एसी मिलान बराबरीमा रोकिएको छ । शनिबार राती सम्पन्न खेलमा एसी मिलान काग्लियारीसँग ३-३ को बराबरीमा रोकिएको हो । सार्देग्ना एरिनामा मिलानका लागि राफेल लियोले दुई तथा टमी अब्राहमले एक गोल गर्नुभयो । घरेलु टोली काल्लियारीका लागि गाब्रिएल जाप्पाले दुई तथा नादिर जोर्टियाले एक गोल गर्नुभयो ।
खेलको दोस्रो मिनेटमै जोर्टियाको गोलमार्फत् काग्लियारीले अग्रता लिएको थियो । १५औँ मिनेटमा लियोले मिलानलाई बराबरीमा ल्याउनुभयो । लियोले ४०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एसी मिलान २-१ ले अगाडि बढेको थियो ।
जम्पाले ५३औँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा आएको हो । अब्राहमले ६९औँ मिनेटमा मिलानका लागि तेस्रो गोल गर्नुभयो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाम्पाले गोल गर्दै काग्लियारीलाई हारबाट जोगाउनुभयो । यो नतिजासँगै ११ खेलमा १८ अंक जोडेको मिलान सातौँ स्थानमा छ । काग्लियारी १२ खेलबाट १० अंकका साथ १६औँ स्थानमा छ । शनिबारै सम्पन्न अर्को खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-० को सहज जित निकालेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच