लण्डन । पहिलो टी-२० आईमा घरेलु टोली वेष्ट इण्डिजमाथि इंग्ल्याण्डले सहज जित हासिल गरेको छ । ओपनर फिल साल्टको शतकको सहयोगमा आइतबार बिहान वेष्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै तीन खेलको टी-२० आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।
वेष्ट इण्डिजले दिएको १८३ रनको लक्ष्य पाहुना टोलीले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीको जितमा ओपनर साल्टले नट आउट १०३ रन बनाउनुभयो । बेथहेलले ३६ बलमा नट आउट ५८ रन बनाउनुभयो । ओपनर विल ज्याक्सले १० बलमा १७ रन जोड्दा कप्तान जस बटलरले खाता पनि खोल्न सक्नुभएन । वेष्ट इण्डिजका लागि गुणकेश मोटी र रोमारियो शेफर्डले समान १ विकेट लिनुभयो ।
त्यसअघि बारबाडोसस्थित किंग्स्टन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । घरेलु टोलीका लागि विकेट किपर निकोलस पुरनले २९ बलमा सर्वाधिक ३८, रोमारियो शेफर्डले २२ बलमा नट आउट ३५ रन बनाउनुभएको थियो । इंग्ल्याण्डका लागि सकिब मोहम्मदले ४, आदिल राशिदले ३ तथा जेम ओभरटन र लियम लिविङस्टोनले समान १ विकेट लिनुभयो । दुई देशबीचको दोस्रो टी–२० आई खेल सोमबार हुनेछ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts