
एजेन्सी । अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले अष्ट्रेलियालाई नौ विकेटले हराएको हो । अष्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ३ बलमा १ विकेटको क्षतिमा भेट्टाएको थियो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ८२ रनको इनिङ खेल्नुभयो भने अर्का ओपनर अबदुल्लाह शफिकले ६४ रनको अविजित अर्धशतकीय पारी खेल्नुभयो । अष्ट्रेलियाका लागि एडम जाम्पाले एकमात्र विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ३५ ओभरमा अलआउट हुँदै १६३ रन बनाएको थियो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाउनुभएको थियो भने ओपनर म्याथिउ शर्टले १९ तथा जोश एङ्लिस र एडम जाम्पाले १८ रन बनाउनुभयो ।
पाकिस्तानका लागि हारिस राउफले आठ ओभरमा २९ रन दिएर पाँच विकेट लिनुभएको थियो । त्यस्तै शाहीन अफ्रिदीले ८ ओभरमा २६ रन दिएर ३ विकेट लिनुभयो । नसीम साह र मोहमद हसनैनले समान एक-एक विकेट लिनुभएको थियो ।
यसअघि पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई दुई विकेटले हराएको थियो भने शुक्रबारको नतिजासँगै तीन खेलको शृंखला एक-एकको बराबरीमा आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच