काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मेगा अक्सनका लागि १५७४ खेलाडी दर्ता भएका छन् ।
नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको आइपिएलले जानकारी दिएको छ ।
दर्ता भएका खेलाडीमा ३२० क्याप्ड खेलाडी रहेका छन् भने १२२४ खेलाडी अनक्याप्ड र ३० खेलाडी एसोसियट्स देशबाट रहेका छन् ।
दर्ता भएका विदेशी खेलाडीमा अफगानिस्तानका २९, अस्ट्रेलियाका ७६, बंगलादेशका १३, क्यानडाका ४, इङल्याण्डका ५२, आयरल्याण्डका ९, इटालीका एक, नेदरल्याण्डसका १२, न्यूजील्याण्डका ३२, स्कटल्याण्डका २, दक्षिण अफ्रीकाका ९१, श्रीलंकाका २९, युएईका एक, अमेरिकाका १०, वेस्ट इन्डिजका ३३ र जिम्बाबेका ८ खेलाडी दर्ता भएका छन् ।
नेपालबाट भने यस पटकको आइपिएलमा कुनै खेलाडी दर्ता भएका छैनन् । यी खेलाडीबाट विभिन्न फ्रेन्चाईजीले २०४ खेलाडी चयन हुने छन् ।
आइपिएलका १० फ्रेन्चाईमा एक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।आइपिएलको मेगा अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरेबियाको जेदाहमा हुने भएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts