काठमाडौं । आगामी नोभेम्वर नोभेम्वर २२ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा सञ्चालन हुने चौथो ब्लायन्ड टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेत्रहीन क्रिकेट संघ, नेपालले रमेशबहादुर बानियाँको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
कात्तिक ४ र ५ गते मनमैजु, तार्केश्वर नगरपालिकास्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमास सञ्चालित दोस्रो चरणको छनौट खेलबाट अन्तिम १५ खेलाडी छनौट गरिएकको संघले जनाएको छ । छनोट खेलमा १९ खेलाडी सहभागि थिए । वरिष्ठ क्रिकेट प्रशिक्षक अरुन अर्याल संयोजक रहेको छनौट समितिमा, सुनोज भट्टराई, नहेन्द्र निरौला र तुम्बुरु उप्रेती सदस्य हुनुहुन्थ्यो ।
१५ सदस्यीय नेपाली नेत्रहीन टोलीमा रमेशबहादुर बानियाँ (कप्तान), पदमबहादुर बडैला (उपकप्तान), सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेमबहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपानो, अमिश गुरागाईं, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी र पदम कार्की हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा