काठमाडौं । सुमित मलिक र कृशला चौधरीको स्वरमा रहेको मैथिली गीत ‘माने ना जिया’ सावर्जनिक भएको छ । गीतका बोल श्यामकिशोर मण्डलले लेख्नुभएको हो भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिनुभएको छ । सुमितकै कम्पोज रहेको गीतमा सुयोग महतोको संगीत संयोजन छ ।
राजीव समरको निर्देशन रहेको गीतको भिडियोमा काजल कर्ण र समरलाई फिचरिङ गरिएको छ । यो जोडीलाई भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाई देखाइएको छ । सागर यादवको सिनेमाटोग्राफी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन छ ।
गीतको निर्माता काजल कर्ण हुनुहुन्छ भने राहुल कर्ण सहनिर्माता हुनुहुन्छ । गीतको भिडियो त्रिकोण इण्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।






