काठमाडौं । संगीतकार तथा गायक हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत हर्कुलस एण्ड ब्याण्डको छ भने शब्द रचनाकार उर्मिला गुरुङ हुनुहुन्छ ।
यो गीतमा मिक्सिङ तथा मास्टरिङ निश्चल भण्डारीको छ । गौरव बिष्टले छायांकन तथा सम्पादन गरेको गीतको भिडियालाई अमेरिका रहँदै आउनुभएकी दिलाशा बस्नेतले निर्माण गर्नुभएको हो । प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत वर्णन गरिएको छ ।






