काठमाडौं । नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जित्नुभएको छ । जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उहाँले चेन्सुतर्फ तेस्रो स्थान हासिल गर्नुभयो । विजयले ९.७६ नम्बर प्राप्त गर्नुभयो । ९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक तथा घरेलु टोली जापानका मोटोयोशी अराकीले ९.७६ अंकसहित रजत पदक जित्नुभएको छ ।
विजयले अमेरिका, मेक्सिकोलगायत देशका ६ खेलाडीलाई पछि पार्नुभएको हो । विजयको इभेन्टमा नौ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट सहभागी पाँच खेलाडीमा हालसम्म विजयमात्रै पदकधारी हुनुहुन्छ । सात सदस्यीय नेपाली टिम जापान पुगेको छ । खेलाडीमा विजयसँगै निमा घर्तीमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts